कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा निजी सचिवालयका कर्मचारी हेरफेर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी सचिवालयका कर्मचारी हेरफेर गरेका छन् ।

मुख्यमन्त्री शाहीले निजी सचिवालयमा कार्यरत प्रमुख स्वकीय सचिव, जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव हेरेफेर गरेका हुन् ।

शाहीले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रविन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् ।

तीन वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालेका खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई बुधवार नै विदाई गरिएको छ ।

Facebook Comments