ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल

काठमाडौं । अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ ।

मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ।

दिनभर पानी पर्ला–पर्ला झैं भएपनि शुक्रबार दरबारमार्गमा चिसो भूइँमा थचक्कै बसेका नेकपा ओली समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीले विकास र समृद्धिको भाषण बर्साइदिएपछि जुरुक्कजुरुक उठेर उनका पक्षमा नारा लगाए । भाषणमा समृद्धि र समाजवादको कुरा गरिएपनि तीन किसिमका वर्ग छुटिट्ने गरी कार्यक्रमस्थल मिलाइएको थियो ।

भूइँमा थुचुक्क बसेका बसेका कार्यकर्ता थिए, जो गाडीमा रातबिरात यात्रा गरेर सभाकै लागि काठमाडौं आएका हुन् । अर्को वर्ग कुर्सीमा बस्ने थियो जहाँ मुख्यमन्त्री, मन्त्री र स्थायी कमिटी सदस्य थिए । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यका लागि पनि पहिलो लहरको छेउमा कुर्सी छुट्याइएको थियो । शाक्य कार्यक्रममा नपुगुन्जेलसम्म कुर्सी खाली नै थियो भने बस्ने खोज्ने विशिष्ट पाहुनालाई सुरक्षाकर्मीले रोके । मञ्चको सोफामा बस्ने अर्को वर्गको नेतृत्व स्वयम् प्रधानमन्त्रीले गरेको खबर कान्तिपुरमा छापिएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.