टेकु अस्पतालका ६ जना चिकित्सकसँग किन मागियाे लिखित स्पष्टिकरण?

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै ६ जना चिकित्सकलाई लिखित स्पष्टिकरण सोधेको छ ।

परिषद्कका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा रञ्जित शाह र प्रयोगशालकै डा रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे, महाशाखाकै डा विवेककुमार लाल र महाशाखाकै डा हेमन्तचन्द्र ओझालाई स्पष्टिकरण माग गरिएकाे हाे।

प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै ती छ जनाले परिषद्लाई नै थाहै नदिई सङ्क्रमित युवाको स्वाब सङ्कलन गरी अनुसन्धानका लागि विदेशीलाई दिएपछि स्पष्टिकरण माग गरिएकाे हाे। परिषद्ले लेख प्रकाशित भएपछि गत वैशाख २६ गते स्पष्टिकरण सोध्ने निर्णय गर्दै उनीहरुलाई स्पष्टिकरणका लागि वैशाख २९ गते पत्र पठाएको थियो ।

परिषद्ले उनीहरुले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको जिनेटिकको अनुसन्धानमा विदेशीलाई संलग्न गराइ ‘माइक्रोवायोलोजी रिसोर्स अनाउन्समेन्ट’मा प्रकाशन गरेको अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख खरेलले जानकारी दिए ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.