अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी

काठमाडौं । बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत वर्ष ईरानी जनरल कासिम सुलेमानीको हत्याको क्रममा इराकका अर्धसैनिक बलका नेताको पनि हत्या गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो ।

ईरानसमर्थित इराकी पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) का उपप्रमुख अबु महदी अल मुहान्दिस सन् २०२० को जनवरी ३ मा सुलेमानीसँगै अमेरिकी हवाई हमलामा मारिएका थिए ।

‘प्रारम्भिक अनुसन्धान प्रक्रियाको समाप्तिपछि न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गर्ने निर्णय गरेका छन्,’ इराकको सुप्रिम जुडिसियल काउन्सिलले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अनुसन्धान प्रक्रिया यस अपराधमा संलग्न अन्यको खोजी पनि जारी राख्नेछ, चोह ती इराकी हुन् या विदेशी ।’

पीएमएफ सिया अर्धसैनिक बल हो जुन ईरान निकट मानिन्छ । सन् २०१६ को इराकी कानुनले यसलाई प्रधानमन्त्री मातहत रहने स्वतन्त्र सैनिक बलको मान्यता दिएको थियो ।

यसअघि सुलेमानीको हत्याको आरोपमा ईरानले पनि ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.