दुई चिनियाँसहित ४ जना पक्राउ

काठमाडौं । दुईजना चिनियाँ नागरिकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा छन् ।

प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा उनीहरू लाई पक्राउ गरेको हाे ।काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो ।

उनीहरुले १९ कात्तिकमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको जाहेरीमा उल्लेख छ ।जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई बुधबार ठमेलबाट पक्राउ गरिएको सिंहले बताए । थप अनुसन्धान जारी छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.