कोरोना संक्रमणबाट कैलालीमा थप एक महिलाकाे मृत्यु

कैलाली । कैलालीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीकाे गोदावरी नगरपालिका-१ की ७५ वर्षीय काेराेना संक्रमित महिलाको मृत्यु भएको हाे ।

कडा प्रकारको निमोनिया लिएर अस्पताल पुगेकी महिलाको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए।

गत मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.