सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारयता सुनको मूल्य स्थिर रहेको छ ।

गत बिहीबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदीको मूल्य १२१० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्यमा पनि बिहीबारदेखि घटबढ भएको छैन ।

Facebook Comments