पारस खड्कालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएकाे छ । शुक्रबार बिहान गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

क्यानको बन्द प्रशिक्षणमा सहभागिता जनाएका पारस दुईदिन यता आइसोलेशनमा रहेका थिए । उनको कोरोना परीक्षणको रिपोर्टमा संक्रमण पुष्टि भएको हो।

क्रिकेटर खड्काले आफू कोरोना पोजेटिभ भएको भन्दै पछिल्लो पटक आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरेका छन्। उनले हाल आफू घरमै आइसोलेशनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.