हत्या अभियोगमा जेल बसेकाहरुले लोकतन्त्रको कुरा गर्न सुहाउँदैन : रामचन्द्र पाैडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारलाई ठेगान लगाउने प्रकारकाे आन्दोलन गर्ने घाेषणा गरेका छन् । 

बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै नेता पाैडेलले भने ‘ ‘ठूला–ठूला घोटाला गर्नेहरु, अर्बौँको काण्डका रचयिताहरुलाई संरक्षण दिन, साना भुरा माछा खाँदै हिँड्ने त्यो अख्तियारलाई पनि ठेगान लगाउने आन्दोलन हुन्छ,” ।

कार्यक्रममा नेता पौडेलले थपे “अबको आन्दोलन अख्तियारको घाँटी समाउने मात्र होइन न्यायीक निकायलाई पनि सावधान गर्ने आन्दोलन हुन्छ । अब यहाँ सत्ता हेरेर फैसला गर्ने ? अब हुन सक्दैन।’ उनले भने ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदाँगिएको उनले बताए। उनले बुधबारको तनहुँ घटनाले प्रजातन्त्रवादीहरु देशैभर जागेको बताए।

फरक प्रसंगमा नेता पाैडेलले प्रधानमन्त्री ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन् ।पुल उद्घाटन कार्यक्रममा उनले भने ‘केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेका हुन्। लोकतन्त्रका लागि होइन।’

जोशमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरुले आफूसँग लोकतन्त्रको गफ गर्न नसक्ने बताए। बुधबार तनहुँमा पुल उद्घाटनका लागि जाँदा प्रहरीले नियन्त्रणमा लिएपछि प्रधानमन्त्री ओलीमाथि पौडेल बिहीबार थप आक्रोशित बनेका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.