शीतलनिवासमा पुगे प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।

पछिल्लो समय पार्टीभित्र बढीरहेको विवादकाबीच प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज साँझ शीतलनिवास पुगेका हुन् ।

नेकपा फुटकाे संघारमा पुगेकाे अबस्थामा पार्टीका दुबै अध्यक्ष पालैपालाे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

आज मध्यान्ह मात्रै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

Facebook Comments