कोटेश्वरको गेष्ट हाउसमा युवतीकाे शव फेला

काठमाडाैं । काठमाडौं कोटेश्वरको एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन् । ललितपुरकी २५ वर्षीया अनु थापा मगर काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसको २०४ नम्बर कोठामा मृत फेला परेकी प्रहरीले जनाएकाे छ ।

मंगलबार राति होटलमा आएर बसेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी दक्ष बस्नेतले बताए। उनका अनुसार बिहान ढिलासम्म मृतक कोठाबाट झरेकी थिइनन्।

‘बिहान अबेरसम्म पनि झरिनन्। खान खान पनि नआएपछि स्टाफले गएर हेर्दा उनी मृत फेला परेकी हुन्,’डिएसपी बस्नेतले भने। उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन।

यद्यपी प्रहरीले लागुऔषध पनि भेटाएको डिएसपी बस्नेतले बताए। शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.