भारतीय सेना प्रमुख ढाकाटोपी लगाएर पशुपतिनाथको आरतीमा सहभागी

काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे पशुपतिनाथको आरतीमा सहभागी भएका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएकोले ‘विशेष पूजा’ गर्न नपाएका नरपणेले बुधवार साँझ नेपाली ढाकाटोपी लगाएर पशुपति मन्दिरसँगैको बागमती पारीबाट आरती अवलोकन गरेका हुन् ।

करिब ४५ मिनेट आरती अवलोकन गरेर उनी सोल्टी होटल फर्किए । २०७७ जेठमा नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा उनको चर्को विरोध भएको थियो ।

तर, भारतीय सैन्य प्रमुखले शिरमा नेपाली ढाकाटोपी लगाएर नेपालीको मन जित्ने प्रयास गरेका छन् ।

Facebook Comments