हत्या अभियाेगका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सहकर्मीको हत्या गरी फरार रहेका अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेकाे छ ।

२०५४ साल कात्तिक १६ गते सहकर्मी श्याम खड्काको हत्या गर्ने मानकाजी श्रेष्ठ पक्राउ गरिएकाे सीआईबीले जनाएकाे छ।

श्रेष्ठलाई ललितपुर महानगरपालिका-५ काे थसीखेलबाट बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

श्रेष्ठलाई बुधबार नै काठमाडाैं जिल्ला अदालतमा पेस गरिएको छ ।

Facebook Comments