३८४४ कोरोना संक्रमित निकाे, संक्रमण मुक्त हुनेकाे संख्या १ लाख ४४ हजार ८७८ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा १ लाख ४४ हजार ८ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ २ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १४ लाख ९४ हजार १ सय २२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १ हजार ३ सय ५ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३६ हजार ९ सय ११ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Facebook Comments