पटकासहित ३ जना पक्राउ

विराटनगर । प्रहरीले प्रतिबन्धित पटकासहित ३ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको ईटहरी उप-महानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ३३ बण्डल विभिन्न किसिमका पटकासहित ईटहरी उप-महानगरपालिका-११ का २५ वर्षीय प्यारचन्द चौधरी, २३ वर्षीय गणेश चौधरी र किराना पसल सञ्चालक ताहिर मियालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मियाको किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार-पसार तथा बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो पक्राउ गरेको हो ।

पटकासहित पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी कानुनी कारबाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.