कैलालीका २ नगर प्रमुखलाई कोरोना संक्रमण

coronavirus-thumb-img

कैलाली । कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जना होम आइसोलेसनमा छन् ।

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको छ ।

Facebook Comments