रूपन्देही । रुपन्देहीमा वीर गोर्खाली नामक संस्थाको आयोजनामा ‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्याली गरिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने मणिग्राणदेखि बुटवलका विभिन्न स्थानमा राजाको सक्रिय भूमिकाको माग गर्दै आज बृहत् मोटरसाईकल र्यालीको आयोजना गरिएको हो । र्याली ट्राफ्रिक चोकमा आएर कोषसभामा परिणत भएको थियो ।
कोषसभामा परिणत भएको कार्यक्रममा वीर गोर्खालीका अभियन्ता बिक्रम पाण्डेयले राजसंस्थाको आवश्यकता अहिले झन् झन् बढेको दावी गरे । उनले हिन्दु अधिराज्य कायम गर्नुपर्ने, राष्ट्रिय अखण्डता कायम हुनुपर्ने लगायतका माग राखेका थिए ।












Facebook Comments