गोरखामा सीडीओसहित ३२ जनालाई काेराेना संक्रमण

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअसहित गोरखा जिल्लाको ३२ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब परीक्षणको क्रममा ४४ वर्षीय प्रजिअ भट्टराई दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गोरखा नगरपालिकाका १० जनामा, पालुङ्टार नगरपालिकाका ७ जनामा, अजीरकोट गाउँपालिकाका ७ जना, शहीद लखन गाउँपालिकाका ४ जनामा र आरुघाट गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

Facebook Comments