काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन लागेकाे बताएका छन् । नेकपा फुट्न लागेपछि चाईनिज खुफियाका एजेन्टहरू यतिवेला सक्रिय भएका छन्।
आफू निकट नेताहरूसँग खुमलटारमा कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको भेटघाटमा सँगै हिड्न नसकिएकाे भन्दै अलग-अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरे लगत्तै चाईनिज खुफियाका एजेन्टहरू यतिवेला सक्रिय भएका हुन्। स्राेतका अनुसार पार्टी फुट्ना नदिनकाे लागि बामदेव गाैतमकाेदेखि बिष्णु पाैडेलको घरसम्म रातभर दौडधुप भइहेकाे छ।
सानेपाको एक अपार्टमेन्टमा बस्ने चिनियाँ एजेन्टहरू आज राति पहिले बामदेवको घरमा पुगेका छ्न् । त्यसपछी बिष्णुको घरमा पुगेका हुन्।
‘‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग-अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं।’’ प्रवक्ता श्रेष्ठका अनुसार शनिबार र आइतबारको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेका थिए।
खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर प्रधानमन्त्रीले गरेको प्रस्तावका वारेमा छलफल गरेको र पार्टी एकता कायम गराउनका लागि तिब्रताको साथ छलफल भईरहेको श्रेष्ठले जानकारी दिए।
स्रोतका अनुसार खुमलटारमा आज बिहान ११ बजे प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहित नेताहरूको गोप्य बैठक बसेको थियो ।छलफलमा ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चा चलेको एक नेताले बताए। छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादल र उपाध्यक्ष वामदेव गौतम पनि सहभागी रहेका थिए ।
Facebook Comments