सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामान्य पखाला लागेपछि शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका मन्त्री शाहका रिपाेर्ट पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री शाहकी श्रीमती र सवारी चालकलाई समेतलाई संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

मन्त्री शाह हाल होम आइसोलेसनमै बसेर उपचार गराइरहेका छन् ।

Facebook Comments