डडेल्धुरामा ११ जुवाडे पक्राउ

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले ११ जना जुवाडेलाई पक्राउ गरेको छ।

डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ३ सय ८५ रूपैयाँसहित शुक्रबार राति पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Facebook Comments