काठमाडौं उपत्यकामा थपिए १३५७ काेराेना संक्रमित

काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३५७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । संम्रमितमध्ये ५६९ महिलार ७८८ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ ।

यस्तै शनिबार देशभर २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।

यसैष्गरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

Facebook Comments