काेराेनाबाट थप १७ जनाकाे मृत्यु

काठमाडाैं । काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९३७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७० हजार ७४३ पुगेको छ।

मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ।

Facebook Comments