कलाकार अशोक शर्मालाई कोरोना संक्रमण

काठमाडौं । चलचित्र निर्माता तथा निर्देशक अशोक शर्मा कोरोना संक्रमण पुष्टि भएकाे छ।

नेपाल मेडिकल कलेजमा बिहीबार गरिएकाे पीसीआर परीक्षणमा कोरोना भाइरस पुष्टि भएको शर्माले शुक्रबार सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

उनले आफूसँग सम्पर्कमा आउने सबैलाई सचेत रहन समेत अनुरोध गरेका छन् ।

‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर टेष्ट रिपोर्ट पोजेटिभ आएकोले मसँग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, अफिसका स्टाफहरुलाई समेत सतर्क र सुरक्षित रहन र लक्षण नदेखिएपछि टेष्ट गर्न हुन अनुरोध छ’ शर्माले फेसबुकमा अगाडि लेखेका छन् ‘मलाई पनि कुनै लक्षण थिएन । दसैँ मानेर घरबाट फर्किएपछि सर्तकताका लागि टेष्ट गराउदा पोजेटिभ देखिएको हो ।’

Facebook Comments