अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् ।

बुधबार एक समारोहमा बोल्दै कोलिन्सले भने, ‘हामी खोप पाउने दिशामा अघि बढिरहेका छौँ, मलाई विश्वास छ कि अबको दुई महिनाभित्र कोरोनाविरुद्धको कम्तीमा एउटा तेस्रो चरणको क्लिनिकल परीक्षणमा सुरक्षित र प्रभावकारी भएको खोप आउनेछ ।’

उनले कोरोनाको खोप रोग पत्ता लागेको एक वर्षभित्रै खोप पत्ता लाग्न लागेको भन्दै यो महत्वपूर्ण हुने बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबको केही सातामा नै कोरोनाविरुद्धको खोप आउने बताएका थिए । पछिल्लो समय विश्वभर नै कोरोनाविरुद्धको विभिन्न खोप निर्माणको काम भइरहेको छ ।

अहिले तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेका केही खोपको परीक्षणको नतिजा नोभेम्बरसम्मा आउने अपेक्षा गरिएको छ । स्रोत : सीएनएन

Facebook Comments