भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

एजेन्सी। भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न आठ संगठनहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् ।

चीनले उइगुरहरुमाथि गरिएको क्रूर दमन, यातना शिविर र चीनमा बन्दी बनाएका दुई क्यानेडियालीहरुको रिहाइको माग गर्दै १८ अक्टुबरमा बेलुका १२ बजेदेखि चार बजेसम्म विरोध प्रदर्शन गरेका हुन् ।

उक्त विरोध प्रदर्शन भ्यान्कूभर आर्ट गैलरीबाट भ्याकूभरको चिनियाँ वाणिज्य दूतावासको कार्यालयसम्म र्‍याली गरिएको थियो । चीन सरकारले उइगर समुदाय र अन्य जातीय समूहमाथि गरेको ज्यादतीविरुद्धको कारबाहीको लागि अडान लिन प्रदर्शनकारीहरूले भ्यान्कूभरस्थिति चिनियाँ वाणिज्य दूतावासबाहिर जुलुस गरेका हुन् ।

फ्रेन्ड्स अफ क्यानडा-भारतका मनिन्दर गिलले चिनियाँ कानुनले प्रेसको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र संविधानसभाको स्वतन्त्रतालाई खतरामा पारेको बताएका छन् । उनले चीनको गैरजिम्मेवारपूर्ण कार्य र तानाशाही दृष्टिकोणको कडा निन्दा गरेका छन् ।

मनिंदर गिलको नेतृत्वमा अवतार जोहल, पउल ब्रेइच, बलजिन्दर चीमा, परमजीत खोसला, डा. हकाम भुल्लर, आशीष मन्‍नाल, मनप्रीत ग्रेवाल, इरफान राणा, सोहैब अली बाजवालगायतले विरोध प्रदर्शन गरेका हुन् ।

पाँच हजारभन्दा बढी सहभागी भउको प्रदर्शनमा चीनविरुद्ध नाराबाजी गरिएका थिए । प्रदर्शनकारीहरूले कोभिड-१९ को कारणले गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेका निर्देशनहरुको पालना गर्दा मास्क लगाएर र सामाजिक दूरी पालना गर्दै विरोध प्रदर्शन गरेका छन् ।

उक्त विरोध प्रदर्शनमा सहभागी अन्य सात संगठनहरुमा क्यानाडा तिब्बत समिति र तिब्बती समुदाय, क्यानडा भारत संगठन, भ्याकूभर समाजको स्वतन्त्रता, लोकतन्त्र र चीनको लागि मानव अधिकार, भ्यानकुभर-हङकङ राजनीतिक कार्यकर्ता, भ्यानकूभर हङकङ चिन्तन समूह, लोकतान्त्रिक आन्दोलनको समर्थनमा भ्यानकूभर समाज, भ्यानकुभर उइघुर संघ रहेका छन् ।

फ्रेन्ड्स अफ क्यानाडाका मनिन्दर गिलले कोभिड-१९ का बानदुर विरोध कार्यक्रममा सभागी भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

Facebook Comments