चीनबिरुद्ध पनि हुन थाल्यो प्रदर्शन

काठमाडाैँ। भारतले नेपालको भुमि कब्जा गरेको र चीनले सगरमाथामा गिद्दे नजर लगाएको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भातृ संगठन नेबि संघ जिल्ला कार्यसमिति बाराले अापत्ति जनाएकाे छ।

नेबि संघले ‘गो ब्याक चाइना’ र ‘गो ब्याक इन्डिया को नारा लागउँदै विराेध प्रदर्शन गरेकाे छ। प्रदर्शनमा सहभागी कार्यकर्ताहरले ब्यानरसहित चीन र भारतकाे चर्काे अालाेचना गरे।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिपछि नेवि संघले ‘गो ब्याक चाइना’ काे नारा लगाएकाे थियाे भने भारतले दार्चुला जिल्लाकाे लिपुलेकमा अतिक्रमण गरी गरेकाे सडक निर्माणकाे समेत विराेध गरिएकाे छ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.