चीनद्वारा सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोली अपमानित !

काठमाडौं । शुक्रबार दुई जना संघीय मन्त्री सहितको जम्बो टोली सीमानाका निरीक्षणका लागि मुस्ताङको लोमाङथाङ पुग्‍यो ।

जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाणिज्य मन्त्री लेखराज भट्टसहित वाणिज्य सचिव वैकुण्ठ अर्याल, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, भन्सार विभागका महानिर्देशक सुमन दाहाल, संघीय सांसद प्रेम तुलाधर, प्रदेश सांसद इन्द्रविष्ट र महेन्द्र थकाली रहेका थिए ।

उक्त टोलीले लोमाङथाङ गाउँपालिका-१ स्थित २४ नम्बर सीमा स्तम्भ निरीक्षण गरेका छन् । परराष्ट्र मन्त्रीसहितको टोलीले सीमा निरीक्षणमा जाँदा चीन पक्षले भने आफ्नो कुनै पनि प्रतिनिधि पठाएन । सरकारी तहबाट हुने औपचारिक सीमा निरीक्षणका क्रममा दुई मुलुकको प्रतिनिधिहरु सहभागी हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको छ ।

चीनले हुम्लामा सीमा मिच्दा पनि कुनै समस्या छैन भन्‍ने परराष्ट्र मन्त्री ज्ञवाली सीमा निरीक्षणका लागि पुग्दा चीन पक्षबाट कुनै पनि प्रतिनिधिको उपस्थिति नहुनु सिंगो नेपालप्रतिको अपमान मानिन्छ। यस विषयमा मन्त्री तथा कुनै सरकारी अधिकारीले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

चीनले नेपालको सार्वभौमसत्ता र आन्तरिक राजनीतिमा यति ठूलो धक्का पुर्‍याउँदा पनि सरकारी तहबाट कुनै प्रतिक्रिया नहुनु मुलुकका लागि घातक मानिन्छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले गाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै कार्यकालमा कोरोला नाकामा क्‍वारेन्टिन र भन्सार चेकपोस्ट स्थापना गर्ने बताए । उक्त टोलीले मुस्ताङमै रहेको युरेनियमको खानीसमेत अनुगमन गरेका थिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.