काठमाडौं उपत्यकामा मात्रै थपिए २४ सय २ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौंमा उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौंमा १ हजार ७ सय ८४, भक्तपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तैगरी शुक्रबार नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै कोरोनालाई जितेर ३ हजार ५ सय २२ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

 

Facebook Comments