थप ३ हजार ५५६ जनामा काेराेना संक्रमण पुष्टि, १५ सय ३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज ३ हजार ५५६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा १ हजार ५०३ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६६३ पुगेको छ।

यस्तै हिजाे साेमबार एकैदिन ४ हजार ४७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

Facebook Comments