चीनद्वारा हुम्लाकाे सीमा क्षेत्रमा काँग्रेसको टोलीमाथि आश्रुग्यास प्रहार!

काठमाडौं । उत्तरी छिमेकी देश चीनले नेपालकाे हुम्ला जिल्लामा नेपाली काँग्रेसका टाेलीमाथि आश्रुग्यास प्रहार गरेकाे छ। नेपाल-चीन सीमा क्षेत्रमा स्थलगत अध्ययनका लागि गएको नेपाली काँग्रेसको टोलीमाथि आश्रु ग्यास प्रहार भएको हाे।

नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङका अनुसार नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्षमा निर्वाचितसहितको काँग्रेस टोली केही दिनअघि निरीक्षणका लागि सीमा क्षेत्रमा पुगेका थिए। सीमाको निरीक्षण गरेर फर्किँदै गर्दा हिल्सा नजिकै बिहीवार साँझ ५ बजेतिर उक्त टोलीमाथि चिनियाँ पक्षले आश्रु ग्यास फालेको नाम्खा गाउँपालिका उपाध्यक्ष तामाङले दाबी गरे।

हिल्सामै रहेका तामाङले टेलिफोनमा भने, ‘५/६/७ र ८ नम्बर पिल्लरको निरीक्षणमा गएका थियौं। फर्केर हिल्सा पुग्ने बेला खोला पारी एउटा भवनबाट हामीलाई लक्षित गरी टियर ग्यास फालियो। घटनास्थल हिल्साबाट १५ मिनेटको दुरीमा छ। मान्छे कोही देखिएनन्। चिनियाँ प्रहरीले फालेको हुनसक्छ।’

उनका अनुसार ग्यास प्रहारबाट कसैलाई क्षति भने भएको छैन। हप्तादिन अघि सदरमुकाम सिमकोटबाट कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा कांग्रेसको टोली सीमाको निरीक्षणमा गएको थियो। टोलीले १२ नम्बर पिल्लर नयाँ बनेको अवस्था फेला पारेको दाबी गरेको छ। टोली आज साँझ सदरमुकाम आइपुग्ने तामाङले बताए। ‘हामी साँझ सदरमुकाम पुग्छौं। भोलि सबै सत्यतथ्य सार्वजनिक गर्छौं,’ उपाध्यक्ष तामाङले भने।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.