सरकारी वार्ता टाेली र डा. गाेविन्द केसीबीच सहमति

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी र सरकारबीचकाे वार्तामा सहमति भएको छ ।

दुबै पक्षका वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि शुक्रबारनै अनसन तोड्ने तयारी रहेको स्रोतले बतायाे । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगेकाे भएपनि सहमति हुन सकेकाे थिएन ।

बिहीबार सहमति हुन नसकेको विषय शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको स्राेत बताउँछ ।

स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।

Facebook Comments