दाङकी ३५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं । दाङमा उपचाररत ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएकाे छ ।

दाङकाे घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो ३ बजे मृत्यु भएको हो ।

असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन राति पाैन १२ बजे भेरी अस्पताल भर्ना गरिएको थियो ।

कोरोना संक्रमितका लागि गरिने सबै प्रकारको उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएकाे थिएन । त्यसै क्रममा उनकाे बुधबार मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

Facebook Comments