काेराेनाका सक्रिय संक्रमित २५ हजार नाघे, तर तत्कालै लकडाउन नहुँने

काठमाडौं । नेपालमा काेराेना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

बुधबार एकैदिन ३ हजार ४ सय ३९ जना नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले यस अघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा सिसिएमसी र मन्त्रिपरिषदमा लकडाउन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

मन्त्रालयले कोरोना संक्रमणको दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न पनि सिफारिस गरेको थियो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरे पनि अब त्यस अनुसार अघि नबढ्ने रणनीति सरकारले बनाएको छ।

अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न बेड उपलब्ध हुन्जेल लकडाउन नगरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बताए।

अहिले सबैभन्दा धेरै काठमाडौंमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ। सरकारले पनि कोरोना नियन्त्रणको मुख्य चुनौती काठमाडौंमै देखेको छ।

काठमाडौं उपत्यकामा समस्या भए पनि देशका अन्य अस्पतालमा उपचारका लागि बेड अभाव नहुने भएकोले तत्काल लकडाउन गर्ने योजना नरहेको उनले बताएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.