हङ्‌कङ तनाव: चीन सुपुर्दगी गर्न सकिने विधेयकको विरोध

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ । साेही क्रममा संक्रमणकै त्रासकाबीच हङकङमा आइतबारदेखि फेरि सरकारबिरोधी प्रदर्शन सुरू भएको छ ।

अलजजिराका अनुसार हङकङ शहरमा आइतबार राती सयौं जनाले प्रजातान्तीक मूल्य मान्यता रक्षाको माग गर्दै नाराबाजी गरेको छ। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपपछि चीन विरोधी नाराबाजी गर्ने २ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनका क्रममा केही सवारी साधनमा आगजनी समेत गरिएको जनाइएको छ । कोरोना महामारी करिब नियन्त्रणमा आइसकेको हङकङकमा गत हप्तादेखि प्रदर्शनकारीहरु सडकमा देखिन थालेका थिए ।

कोरोना भाइरसको महामारीले संसार नै आक्रान्त भएपछि हङकङमा हुदै आएको प्रदर्शन पनि सामसुम भएको थियो । तर त्यहाँ माहामारी नियन्त्रणउन्मुख अवस्थामा पुगिरहदा फेरि बिरोध प्रदर्शन चुलिने संकेत देखिएको छ ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्न सकिने प्रावधान भएको विधेयकको विरोधमा लाखौं नागरिकहरूले सन् २०१९ को जुनदेखि सुरू गरेको प्रदर्शन उक्त विधेयक फिर्ता हुदा पनि रोकिएको थिएन ।

Facebook Comments