प्रदेश ५ काे राजधानी देउखुरी कायम

काठमाडाैं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी टुंगो लागेको छ।

मन्त्री कुल बहादुर केसीले ल्याएको प्रस्तावमा सभामुख पुर्णबहादुर घर्तीले मतदानको परिणाम सार्वजनिक गरेसँगै राजधानीकाे टुंगाे लागेकाे हाे।

प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो ।

भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे ।

प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.