सिन्धुपाल्चाेकमा महिलामाथि सामुहिक बलात्कार

सिन्धुपाल्चोक । किनमेलका लागि बजार आएकी सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी एक ३२ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ ।

असोज १५ गते राति चार जना पुरुषहरुले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् । जुगल-३ बाट बजार किनमेलका लागि जलबीरे बजार आएकी महिलालाई मादक पदार्थ सेवन गरेका चार जना पुरुषले बोलेर जीपभित्र हालेर सामुहिक बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जानकारी दिए ।

बजारबाट घर फर्किदै गरेकी महिलालाई मोटरसाइकलमा आएका व्यक्तिहरुले घर पुर्‍याई दिन्छुु भनेर कातिकेमाथि मञ्ने भन्ने ठाउँमा पुगेपछि बोलेरो जीपभित्र हालेर बलात्कार गरेको पाइएको सापकोटाले बताए ।

घटनामा संलग्न ४ जनामध्ये दुई जनाको पहिचान खुलेको छ । पहिचान खुलेका दुई जना स्थानीय नै रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ ।

बलात्कृत महिला विवाहित रहेको र उनको सन्तान समेत रहेको प्रहरीले जनाएको छ । उनी मानसिक रुपमा निकै विक्षिप्त भएको र अहिले उनी प्रहरीको संरक्षणमा रहेको बताइएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.