चिनियाँ औषधि कम्पनीले खाेपकाे लागि पैसा मागेपछि विकल्प खाेज्दै बंगलादेश

एजेन्सी । बंगलादेशमा निकै नै प्रचार गरिएको कोरोनाभाइरसको चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित बनेको छ।

चिनियाँ औषधि निर्माता सिनोवाक बायोटेक लिमिटेडले बाङ्लादेशसङ्ग परिक्षणको लागि आंशिक लगानी गर्नुपर्ने शर्त राखेपछि सो परिक्षण नहुन सक्ने पनि सम्भावना बढेको छ। सिनोवाक बायोटेक लिमिटेडले सेप्टेम्बर २४ मा बंगलादेशलाई लेखेको एक पत्रमा रकम प्रदान नगरेसम्म परीक्षण कार्य अगाडी बढाउन नसकिने बताएको छ।

बेइजिङको खोप कम्पनीले यो पत्र अन्तराष्ट्रिय केन्द्र डायरियल रोग अनुसंधान, बंगलादेशलाई पठाएको छ । “उनीहरू (सिनोवाक) ले हामीलाई सूचित गरेको छ कि यदि हामी पनि लगानी गर्‍यौं भने मात्र उनीहरू परिक्षण अगाडी बढाउन समर्थ हुनेछ । हामी प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि निर्णय लिनेछौं,” स्वास्थ्य सेवा विभागका सचिव अब्दुल मन्नान भने।

“हामी सिनोवाकमा निर्भर छैनौं।” सरकार खोपको विकास भएपछि अन्य उपायहरू खोज्दैछ, “मन्नानले थपे। स्थानीय मिडिया डेनो स्टारका अनुसार सिनोभ्याकले पत्रमा कति फन्डको आवश्यकता पर्छ र अन्तिम समयमा किन उनले फन्ड खोजिरहेको छ भनेर उल्लेख गरिएको छैन।

तसर्थ चीनले सुरू सुरूमा बंगालदेशलाइ फ्रीमा खाेप दिने गरी प्रचारबाजी गर्याे। र अहिले अाएर पैसा माग्न थालेपछि त्यहाँकाे सरकारले अन्य विकल्प तिर लागेकाे छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.