नेपाल-चीन सीमा विवादले लियाे नयाँ मोड: चीनद्वारा दानापानी बन्द गर्ने धम्की!

काठमाडौं । हुम्लास्थित नेपाल चीन सीमा विवादलृे नयाँ मोड लिएकाे छ। चीनले नेपाली भूमिलाई कब्जा नै गर्ने नियतसाथ एकतर्फी भवन बनाएर हुम्ला वासीलाइ धम्की दिइरहेकाे छ।

स्राेतका अनुसार भूमि हडप्न केन्द्र सरकार र सत्तारुढ नेकपालाई चीनले मिलाइसकेको छ। साेही कारण स्थानीयबाट सत्य तथ्य बाहिर आउन थालेपछि चीनले हुम्लावासीलाई धम्क्याएर दबाब र प्रभावमा राख्न खोज्ने गरी कदम चालेकाे छ।

कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा स्थलगत अध्ययनमा आएको जनप्रतिनिधिको टोलीसँग लिमीवासीले चिनियाँले धम्की दिएको गुनासो गरेपछि उक्त कुराकाे खुलासा भएकाे हाे।

चिनियाँको डरले लिमीवासी खुलेर बोल्न पनि सकेका छैनन् । हुम्लाकी सांसद रंगमती शाहीले स्थलगत अवलोकनका क्रममा टोलीले स्थानीय लिमीवासी चीनको दबाबमा रहेको पत्ता लागेको बताइन् । लिमीमा राज्यको पहुँच छैन ।

अर्कै राज्यजस्तो अवस्था छ । लिमीका बासिन्दा चीनमा निर्भर भएर बाँचिरहेका छन् । चीनले खाद्यान्नदेखि लत्ताकपडा, अनुदान र अन्य सहयोग दिने गरेको छ । अहिले लिमीवासीले चीनले एकतर्फी रुपमा भवन बनाएको ललुङजङको भूमिको यथार्थ बोल्न थालेपछि चीनले सबै सहयोग रोक्ने धम्की दिएको सांसद शाहीले बताइन्।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे।नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेकाे छ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन।’ उनले भनेका छन् ।

Facebook Comments