दशैंमा अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

काेराेना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको भन्दै आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गरे ।

उनले भने ‘जो जहाँ जुन अवस्थामा छाैं, त्यही नै बसेर दशैं मनाउन अपिल गरे । पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् ।

आइतबार मात्रै देशभरी २ हजार २५३ जनामा संक्रमण पुष्टि भएकाे छ । यस्तै काठमाडौं उपत्यकमा १ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ३२९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९  रहेको छ ।

Facebook Comments