लठ्याउने ‍औषधी खुवाएर १७ वर्षीया किशोरीलाई बलात्कार, २ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त जगातीले किशोरीलाई जबर्जस्ती करणी गरेको आराेपमा दुई जनालाई पक्राउ गरेकाे छ ।

जगाती वृत्तले महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीकाे सहयाेगमा सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका १० बस्ने २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका ४ पाङताङ बस्ने २१ वर्षीय सूर्य श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।

उनीहरुले १७ वर्षीया किशोरीलाई शुक्रवार बिहान ११ बजेतिर पानीमा लठ्याउने औषधी मिसाएर खुवाई रत्नपार्कबाट भक्तपुरसम्म बसमा लगेर जवर्जस्ती करणी गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरुले शनिवार बिहान १० बजेतिर सूर्य विनायकस्थितमा नम्बर नखुलेको बस भित्र जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै बिहान ११ बजेदेखि राति साढे ९ बजेको समयमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ लिवालीस्थित रहेको तवियाखुशी खोलाको किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नम्बरको बस भित्र जवर्जस्तिकरणी गरेको जानकारीपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो।

Facebook Comments