उपत्यकामा थपिए १ हजार ५९९ काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकमा १ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी १५९९ जनामा काेराेना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज देशभर २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ३२९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९  रहेको छ ।

 

Facebook Comments