परराष्ट्रमन्त्रीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन, २ जना पक्राउ

काठमाडाैँ । परराष्टमन्त्री प्रदीप ज्ञवालीकाे राजीनामा माग्दै राष्ट्रिय एकता अभियानले सुर्खेतमा प्रदर्शन गरेकाे छ । परराष्टमन्त्री ज्ञवालीकाे प्रष्टीकरण घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले परराष्टमन्त्री ज्ञवालीकाे राजिनामा माग गरेको हाे ।

हुम्लाका जनप्रतिनिधिले चीन बनाएकाे ९ वटा भवन नेपालकै भूमिमा पर्छ भन्दा भन्दै पनि परराष्ट मन्त्री ज्ञवालीले चीनले कुनै जग्गा नमिचेकाे दाबी गरेका छन्।

राष्ट्रीय एकता अभियानले सुर्खेतको बीरेन्द्रनगर प्रदर्शन गरेकाे हाे। प्रदर्शनकाे क्रममा सहभागीहरले सीमा अतिक्रमण बन्द गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमीबाट चिनियाँहरू फिर्ता जाउ, सोझो नेपालीसङ्ग छ्लछाम बन्द गर, गाे ब्याक चाइना, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा लगाएका थिए।

हुम्ला जिल्लाको भूमि चीन द्वारा मीचिएको बिरोधमा राष्ट्रीय एकता अभियानले शांतिपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानका दुई जाना अभियन्तालाइ पक्राउ गरेकाे छ। अभियानका केन्द्रीय संयाेजक विनय यादवका अनुसार अभियन्ता लेखक गौतम र प्रबेश सुनुवारलाई प्रहरीले पक्राउ गरेकाे हाे।

उनले भने,’ शन्तिपूर्ण आन्दाेलनमा पनि प्रहरीले दमन गरेकाे छ, याे सरासर गलत हाे, हाम्रा अभियन्तालाइ प्रहरीले तत्काल नछाडे कडा आन्दाेलन गर्न बाध्य हुनेछाैँ।’ उनले आफ्ना अभियन्ताकाे तत्काल रिहाइकाे माग समेत गरेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.