पाकिस्तानमा प्रधानमन्त्री खान विरुद्ध विपक्षीहरु एकजुट

एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको विरुद्धमा विपक्षी दलहरु एकजुट भएका छन् ।

उनीहरुले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गरेका छन् । उनीहरुले खानले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

विपक्षी दलहरुको सर्वदलीय सम्मेलनमार्फत् आइतबार २६ बुँदे संयुक्त सम्झौता पत्र पनि सार्वजनिक गरेका छन् ।

सर्वदलीय सम्मेलनमा पाकिस्तान पिपल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लीम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरु सहभागी भएका थिए ।

गठबन्धनमा आबद्ध दलहरुले संयुक्त बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौतापत्र सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा जेयुएल एफका प्रमुख मौलाना फजल उर रहमानले सम्झौतापत्र बाचन गर्दै आन्दोलन र गठबन्धनका बारेमा जानकारी दिएका थिए ।

गठबन्धनको नाम पाकिस्तान लोकतान्त्रीक आन्दोलन राखिएको छ । उनीहरुले देशव्यापी आन्दोलन तथा प्रदर्शनहरु गर्ने तय गरेका छन् । आन्दोलन अक्टोबरदेखि हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री खानले गलत कुरालाई स्थापित गर्न खोजेको, निर्वाचनमा प्रभावमा शक्तिको दुरुपयोग गरेको लगायतका आरोपहरु उनीहरुले लगाएका छन् ।

अन्तर्राष्ट्रिय ख्यातीप्राप्त पूर्व क्रिकेटर तथा भ्रष्टाचार विरोधी अभियन्ता खानले सरकार बनाएको सुरुका दिनमा निकै लोकप्रियता हासिल गरेका थिए ।

ताजा अपडेट

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

पोर्चुगल । पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या...

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चर्चित