स्वास्थ्यमन्त्री ढकाल फेरी होम क्वारेन्टाइनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल फेरी होम क्वारेन्टाइनमा बसेका छन् ।

उनको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल हिजोबाट नै होम क्वारेन्टाइनमा बसेको मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए।

‘उहाँको परिवारको सदस्यलाई कोरोना पुष्टि भएसँगै होम क्वारेन्टाइनमा बसिरहनु भएको छ।’ तिवारीले भने,‘भोली या पर्सितिर उहाँको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी छ।’

तिवारीका अनुसार स्वास्थ्य मन्त्रालय नजाने र नियमित भेटघाट बन्द गरेपनि मन्त्री क्वाटरबाटै मन्त्री ढकालले मन्त्रालयका काम र आवश्यक निर्देशन दिइरहेका छन्।

यस अगाडि गत जेठमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक बिरामीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए। तर ती बिरामीमा कोरोना पुष्टि भएसँगै उनी केहि दिन होम क्वारेन्टाइनमा बसेका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.