देशभर १ हजार १५४ जनामा संक्रमण, १००५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा साेमबार थप १ हजार १५४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १५४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा १००५ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४२७ पुगेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.