कालापानीका स्थानीयहरूकाे देशद्राेही तर्क: हामी भारतीय हाैँ(भिडियाेसहित)

काठमाडौँ । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेपनि त्यहाँका जनता आफुहरू भारतीय भएको बताइरहेका छन्।

भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्रालयले छुटेको नेपाली भूमि समेटेर नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरेपछि त्यहाँका कालापनी, लिपुलेक र लिम्पियाधुराको जनता देशद्रोही तर्क गरिरहेका छन्।

अनलाइनस् नेपाललाइ प्राप्त भिडियोमा लिम्पियाधुराको कुटी गाउँका एक स्थानीयले भनेका छन्, ‘ कुनै पनि हालतमा हामी नेपाल तिर जाँदैनौ, हामी यही जन्मेका हौ र यो जमिन भारतको हो, भारतमा आफै सरकारी जागिर गरेर रिटायर भएको हुँ।’

भिडियोमा करिब तीनरचार जनाले बोल्ने क्रममा भनेका छन्,’हामी भारतीय हौँ, नेपाली होइनौ, हामीलाइ नेपाल सरकारले जे दिएपनि हामी भारतीय नै हौँ।’

कालापनी, लिपुलेक र लिम्पियाधुराका अधिकांश जनता उक्त क्षेत्र भारतीय भएको बताइरहेका छन्। उनीहरूको यस्तो तर्क सरासर नेपाल सरकारको निर्णयविरूद्द रहेको छ। उनीहरू देश द्रोही शैलीमा भिडियोमा बोलेका छन्।

https://www.facebook.com/outlinesanchar/videos/702443467012080/?v=702443467012080

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.