सामूहिक बलात्कारका अभियुक्त ४ वर्षपछि पक्राउ

दाङ । प्रहरीले जवरजस्ती करणी मुद्दाका फरार प्रतिबादीलाई ४ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका ३ मसुरियाका २८ बर्षीय अनिल घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार घर्तीलाई सर्वोच्च अदालतले २०७३ साल भदौ २७ गते सामूहिक जबरजस्ती करणी मुद्दामा १० बर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो ।

तर उनी फरार रहेकोमा शुक्रवार बिहान साढे ६ बजे प्रहरीले सोही वडाको पाखापानीमा लुकीछिपी हिडीरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए ।

Facebook Comments