संविधान संशोधनको माग गर्दै जसपाद्धारा गौरमा विरोध प्रदर्शन

रौतहट । जनता समाजवादी पार्टी (जसपा) राैतहटले संविधान संशोधनको माग गर्दै सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेकााे छ । संविधान दिवसको दिन ‘कालो दिवस’ भन्दै संविधान संशोधनको मागसहित जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका हुन् ।

जनता सामाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलको अगुवाइमा तुल ब्यानरसहित गौरमा विरोध प्रदर्शन भएको हो ।

केपी शर्मा ओली सरकार विरोधी विभिन्न नारा लगाउँदै गौरस्थित बिपी चौकबाट सुरु भएको जुलुस प्रदर्शन धड्खन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा राजपाका नेता अनिल सिंह, रेवन्त झा, प्रदेश सांसद बाबुलाल साह, पूर्वसभासद बब्न सिंह, बृजकिशोर यादव, किरण साह, राजकुमार दास, बौधिमाई नगरप्रमुख राजीव रञ्जन यादव, माधन नारायण नगरप्रमुख वीरेन्द्र यादवलगायतले अबिलम्ब संविधान संशोधन गरी मधेशी, मुस्लिम, दलित, आदिबासी जनजातीलगायतको हक अधिकार सुनिश्चत गर्न माग गरेका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा जिल्लाभरीका जसपाका दर्जनौं कार्यकर्ताको सहभागिता रहेको थियो ।

ताजा अपडेट

आज आषाढ ७ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा...

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती...

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार...

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम...

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०...

डडेल्धुरामा युवती मृत फेला, अनुसन्धानका लागि दुईवटा प्रहरी टोली परिचालन

धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार...

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधान चल्छ की चल्दैन?

काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन...

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गर्‍यो ‘बी-३ डब्ल्यू’ परियोजना

काठमाडौं । निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति भएको छ...

चर्चित