गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

काठमाडाैँ । पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदर्शन गरेकाे छ । प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग गरेको हाे ।

राष्ट्रीय एकता अभियानका स्थानीय अभियन्ता मिथुन साहकाे नेतृत्व प्रदर्शन भएकाे हाे। त्यस्तै हिन्दू युवा परिषदका संस्थापक तथा अभियानका वरिष्ठ सहयोगी सत्यम मुरारीले मन्तब्य राखेका थिए।

अभियानका केन्द्रीय संयाेजक विनय यादवले भने ,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो । आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्री राम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिबारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु सन्त स्व। श्री राम साहमाथी मात्र नभई सम्पुर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार हो ।’

अभियानका कार्यकर्ताहरूले कसकाे दवावमा झुठो प्रतिबेदन बनाइयाे, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन ?,सन्त श्रीराम साहको हत्याको छानबिन गर्न बिशेष समिती बनाउ, साधुसन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दुबिरोधि कम्युनिस्ट सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर भन्दै सरकारविरूद्द नाराबाजी लगाएका थिए।

ताजा अपडेट

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार...

किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ

काठमाडौँ । सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको...

आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका...

राउटे युवतीमाथि बलात्कार गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले...

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

काठमाडौँ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका...

उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको...

चर्चित